Breaking News.... EverestOnlineKhabar
June 27, 2026

यूईएफए सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

Loading

एजेन्सी,साउन ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको मड्रिडले उपाधि चुमेको हो । बुधबार राति इस्टोनियामा भएको खेलमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन डिएगो कोष्टाले दुई, सउल निगुएज र कोकेले समान १–१ गोल गरे ।
त्यस्तै, रियलका लागि करिम बेन्जिमा र सर्जियो रामोसले समान १–१ गोल गरेपनि एथ्लेटिको मड्रिडलाई रोक्न भने सकेनन् । दुबै टिमले निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयसम्म बराबरी भएपनि अतिरिक्त समय थप गरिएको थियो । निगुएजले खेलको ९९ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई ३–२ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको १०५ औं मिनेटमा कोकेले गोल गर्दै एथ्लेटिको मड्रिडलाई ४–२ गोलको जित दिलाएका हुन् ।
यसअघि खेलको पहिलो मिनेटमा नै कोष्टाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा रियलका बेन्जिमाले गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याएका थिए । पहिलो हाफमा १–१ गोलमा बराबरी टुंगिएको खेल दोस्रो हाफमा पनि दुबै टिमले थप १–१ गोल गर्दै २–२ गोलको बराबरीमा टुंग्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.