Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवाद र एयरलाइन सुरक्षाका विषयमा रुसी विदेशमन्त्रीसंग कुरा गरेको स्वीकार गरेका छन्। उनले आतंकवाद र एयरलाइन सुरक्षाका बारेमा केही तथ्य रुसलाई बताएको भन्दै ट्वीट गरेका छन् र रुसले इस्लामिक स्टेटका विरुद्ध अझै काम गरोस् भन्ने चाहेको बताएका छन्।

उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको र त्यो देशले रुसलाई सो जानकारी उपलब्ध गराउने अनुमति नदिएको अमेरिकी सञ्चारमाध्यम बताउँछन्। अघिल्लो हप्ता अमेरकी राष्ट्रपति ट्रम्पले रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गरेका थिए।

भेटघाटका क्रममा उनले त्यस्तो जानकारी दिएका थिए जसले जानकारीको श्रोत खुलाउन सक्छ। ट्रम्पको कदम गैरकानुनी भने होइन। राष्ट्रपतिका रुपमा उनले गोप्य सूचना खुलाउन पाउँछन्। तर उनको कदमलाई डेम्रोक्याटहरुले कडा आलोचना गरेका छन् र उनको आफ्नै रिपब्लिकन पार्टीले उनीसंग स्पष्टिकरण मागेको छ।

अमेरिकी सिनेटका दोस्रो वरिष्ठ डेमोक्रयाट डिक डर्बिनले ट्रम्पका कदमलाई ‘लापरवाह र खतरनाक’ भने।

संसदका रिपब्लिकन सभामुखका प्रवक्ताले देशको गोप्य जानकारीको सुरक्षा गर्नु महत्वपूर्ण भएको भन्दै सबै तथ्यका बारेमा प्रशासनले स्पष्टिकरण दिने आशा राखेको बताए।

बैठकमा उपस्थित अरुले सो गल्ती तुरुन्तै थाहा पाएर गुप्तचर निकाय सिआइए र राष्ट्रिय सुरक्षा निकाय एनएसएलाई त्यस बारेमा जानकारी दिएर क्षति कम गर्न खोजेको वाशिंगटन पोष्टको भनाइ छ। यो भन्दा अघि राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले त्यो खबर झुटो भएको पत्रकारहरुलाई बताएका थिए र विदेशमन्त्री रेक्स टिलरसनले उनलाई समर्थन गरेका थिए।

रुसमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोफले सो घटनालाई कम महत्व दिंदै आफूहरु त्यस्तो बकवासमा संलग्न हुन नचाहेको बताए। रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाकारोभाले मानिसहरुलाई अमेरिकी समाचारपत्र नपढ्न आह्वान गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed