Breaking News.... EverestOnlineKhabar
August 16, 2026

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

Loading

नयाँदिल्ली,साउन ।
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले जनाएको छ । बुधबार साँझ सो अस्पतालले बाजपेयीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टामा निकै गम्भीर देखिएको जनाएको हो । उनी विगत ९ हप्तादेखि सोही अस्पतालमा उपचाररत छन् ।
बाजपेयीलाई जीवन रक्षक प्रणालीमा राखिएको अस्पतालले जनाएको छ । बुधबार राति नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही मन्त्रीहरु अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
बाजपेयी भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको संस्थापकमध्येका एक हुन् । ९३ वर्षीय बाजपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.