Breaking News.... EverestOnlineKhabar
August 15, 2026

कालीगण्डकी नदीले म्याग्दीको एक विद्यालय बगायोः मानविय क्षति भने हुन पाएन

Loading

म्याग्दी,साउन ।
कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरी आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो। कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्।
केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ। बाढीले लगातार जग्गा कटान गरिरहेको छ। पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान सुरु गरेको थियो।
बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ। भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ। कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed