Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अब चिकित्सकको सिफारिसबिना औषधी बिक्री गरे दुईवर्ष कैद र २० हजार जरिबाना

Loading

काठमाडौ,साउन ।
भदौ एक गतेदेखि लागु हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेर कानून बमोजिम अधिकार प्राप्त गरी उपचार गर्नको लागि इजाजत प्राप्त गरेको चिकित्सकबाहेक अन्यले चिकित्सा सेवा दिँदा कसैको शरीरको कुनै अङ्गको शल्यक्रिया गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न लगायतका उपचार निषेध गरेको छ ।
यदि बिरामीलाई चिकित्सा सेवा दिँदा, शल्यक्रिया गर्दा वा औषधी खुवाउँदा कसैको ज्यान गएमा चिकित्सकलार्ई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ ।
ऐनको दफा २३० को (२) उपदफा (१) मा लामो अनुभवबाट उपचार सम्बन्धमा जानकारी राख्ने चिकित्सकले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको अङ्गलाई कुनै खास असर नपर्ने गरीे औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा रोक लगाएको छैन् उल्लेख गरिएको छ ।
त्यसैगरी, विरामीलाई पर्याप्त होसियारी तथा सावधानी नअपनाई वा हेलचक्य्राइँ गरी उपचार गर्न नहुने उल्लेख छ । औषधि खान दिन वा खान सिफारिस गर्न हुँदैन । उपचारकै क्रममा चिकित्सकको लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान गएमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना गरिने काननुमा उल्लेख छ । यदि बिरामीको चिकित्सकको हेलचेत्र्mयाईका कारणबाट मृत्यु भएमा वा अङ्गभङ्ग भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
त्यस्तै, एउटा औषधीलाई अर्को औषधी भनी बिक्री वितरण गर्न निषेध गरेको छ । यदि यसरी औषधी बिक्री वितरण गरेमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिबाना हुन सक्ने कानुनमा उल्लेख छ ।
ऐनको दफा २३४ मा कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न निषेध गरिएको छ । विना प्रेस्किृप्सन बिक्री वितरण गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताइएको छ ।
त्यसैगरी,ऐनको दफा २३५ मा कसैलाई जानीजानी हानिकारक हुने कुनै औषधिमा मिसावट गर्न तथा मिसावट भएको औषधी कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधी सेवन गर्न वा गराउन लगाउन नहुने कानुनी प्रावधान छ । औषधी सेवन गरेको कारणले ज्यान गएमा त्यो बिरामीलाई चिकित्सकले मारेको सरह हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.