Breaking News.... EverestOnlineKhabar
June 27, 2026

किन बर्खास्तीमा परिन् नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी ?

Loading

काठमाडौ,साउन ।
सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यकाल सकिन एक वर्ष बाँकी हुँदा उनलाई सरकारले कार्यसम्पादन सही नभएको भन्दै बर्खास्त गरेको छ । उनी खुला प्रतिष्पर्धाबाट प्रवन्ध निर्देशक नियुक्त भएकी थिइन् । सरकारले यसअघि नै उनलाई दुईपल्टसम्म स्पष्टिकरण लिइसकेको थियो ।
शुक्रबार पनि तीनदिनभित्र स्पष्टिकरण पेस गर्न भन्दै सरकारले किन बर्खास्त नगर्ने ? भनी सोधेको थियो । फोरजी विस्तार गर्न नसकेको र अप्टिकल फाइबर विस्तारमा ढिलाइ गरेको आरोप रहेको छ । सिंहदरबारमा मंगलबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा.खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा.शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ ।  सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले बताए ।
बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोक्नुका साथै मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.