Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं ।  स्थानीय तहले आफू खुशी मनलाग्दी लगाएको करको संसदमा  विरोध भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तहले अनाअवश्यक रुपमा लगाएको करको विरोध गर्दै फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले स्थानीय तहले लगाएको कर फिर्ता गराउन सरकारसँग माग गरिन् । कांग्रेसकै सांसद तेजुलाल चौधरीले पनि सरकार प्रभावकारी नभएको र स्थानीय तहले सीमा बाहिर गएर कर लगाउँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाए । उनले स्थानीय तहले ज्योतिषिलाई कर लगाइ सकेकाले अब साधुलाई पनि कर तिराउने हो कि भनेर व्यंग्य गरे ।

कांग्रेसकी अर्की सांसद पार्वती डिसी चौधरीले नागरिकलाई न्युनतम सुविधा पनि नदिने स्थानीय तहले बोक्नै नसक्ने करको भारी बोकाएको बताइन् ।

नेकपाकी सांसद तथा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले पनि स्थानीय तहले लगाएको करमा पुनर्विचार हुनुपर्ने बताइन् । कांग्रेसका अर्का सांसद प्रकाश रसाइली स्नेहीले स्थानीय तहले कर लगाउँदा सांसदले सार्वजनिक बस्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

कांग्रेसकै प्रमिला राईले स्थानीय तहले सामान्य काम आर्थिक क्रियाकलापमा कर लगाएको भन्दै आपत्ति जनाइन् । सोमबारको संसद बैठकमा पनि सांसदहरुले स्थानीय तहले लगाएको कर फिर्ता गर्न माग गरेका थिए । स्थानीय तहले बढी राजस्व उठाउने बहानामा माछा मार्ने जाली, खसी बोका विक्री, ज्याेतिषि सेवा जस्ता काममा पनि कर लगाएको तथ्य सार्वजनिक भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.