Breaking News.... EverestOnlineKhabar
June 27, 2026

टर्कीको आर्थिक संकटलाई लिएर अमेरिका र टर्कीबीच तनाव चुलियो

Loading

बीबीसी । अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको  छ ।

अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले रणनीतिक साझेदार भएर पनि अमेरिकाले टर्कीलाई पिठ्यूमा छुरा धसेको अभिव्यक्ति दिएका थिए ।

दुई मुलुकबीचको कूटनीतिक तनावका कारण टर्कीको मुद्रा लीरामा भारी गिरावट आएको छ । यता जर्मनलीले टर्कीको समर्थन गर्दै उसको अर्थव्यवस्था धरमराउँदा कसैलाई फाइदा नहुने बताएको छ ।

टर्कीमा एक जना अमेरिकी धर्मगुरु एन्ड्रयु बु्रसनलाई थुनामा राखेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीमाथि करका दर बढाएका थिए । टर्कीले सन् २०१६ को असफल सैनिक विद्रोहका योजनाकारहरुसँग सम्पर्क रहेको भनिएका अमेरिकी धर्मगुरुलाई सुपुर्दगी गर्न अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.