![]()
एजेन्सी । स्पेनी फुटबल लिगले सबै प्रमुख स्पेनी फुटबल खेलहरू दक्षिण एशिया नि:शुल्क प्रसारण गर्न सामाजिक सञ्जाल फेसबुकसँग एउटा सम्झौता गरेको घोषणा गरेको छ।
त्यसको अर्थ आउने शुक्रवारदेखि स्पेनी लिग ला लिगाको नयाँ संस्करण सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ्स, बाङ्ग्लादेश र अफगानिस्तान गरी सबै दक्षिण एशियाली देशमा फेसबुकमार्फत् ३८० वटा खेलहरू हेर्न सक्नेछन्।
फेसबुकले यसअघि नै केही बेसबल म्याचहरू प्रत्यक्ष प्रसारण गर्दै आएको छ। अब उसले अन्य खेलहरू प्रत्यक्ष प्रसारण गरेर प्रत्यक्ष अन्तर्क्रियाको सम्भाव्यतामा नयाँ प्रयोग गर्न लागेको छ।
भारत र अन्य दक्षिण एशियाली देशहरूमा फुटबल लोकप्रिय हुँदै गइरहेको छ। भारतमा स्पेनी लिग ला लिगाभन्दा बढी इङ्ग्लिश प्रेमिअर लिगका खेलहरू हेर्ने दर्शकहरू बढी रहेको आकलन गरिएको छ।


