![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभालाई भदौ २ गते सम्बोधन गर्नुहुने भएको छ । भदौ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको बुझिएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने भएपछि साउन ३० गते बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्नुहुने भएकोले बैठक स्थगित गरिएको प्रदेश सभा २ को संसद सचिवालयले जनाएको छ । भदौ २ गते बिहान ११ बजेका लागि प्रदेशसभाको बैठक बस्नेछ ।
यसअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर ३ र गण्डकी प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो ।


