![]()
एजेन्सी । रणवीर सिंह र दीपिका पादुकोणले २० नोभेम्बरमा लगनगाँठो कस्दैछन्। विवाह इटलीमा हुँदैछ। विवाहको तयारी सुरु भैसकेको छ भने बिश्वका उत्कृष्ट ३० पाहुनालाई बोलाउने निर्णयसमेत भैसकेको छ ।
दीपिकाका नजिकका आफन्तले बताए अनुसार दीपिकालाई इटली धेरै नै मनपर्छ र यहि कारण उनले डेस्टिनेशन वेडिङ्गको योजना गरेका हुन्। उनीहरुको विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाई आउन थालेको छ। बधाई दिनमा कविर वेदी पहिलो नम्बरमा परेका छन्। विवाहको भइसकेपछि उनीहरुले मुम्बईमा पार्टी दिने योजना बनाएका छन ।
दीपिका र रणवीर सन् २०१३ बाट नै प्रेमसम्बन्धमा भएको बताइन्छ। उनीहरुले ‘गोलिओँ की राजलिला, रामलिला’ पछि यो जोडीलाई धेरै नै रुचाइएको थियो। यो जोडिले ‘रामलिला, बाजीराव मस्तानी र पद्मावत’ मा सँगै काम गरिसकेका छन्।
अहिले भने उनीहरु छुट्टी मनाउन विदेश भ्रमणमा छन्। उनीहरुको कुनै पनि तस्बिर समाजिक सञ्जालमा सार्वजनिक भएको छैन।


