Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नेपाल एथ्लेटिक्स संघको निर्वाचन स्थगित भएको छ । संघले काठमाडौंमा पत्ररकार सम्मेलन गरी निर्वाचन भदौ २२ गतेसम्मको लागि सरेको जानकारी दिएको हो ।

आज (मंगलबार) हुने भनिएको नयाँ कार्यसमितिको निर्वाचन भदौमा हुने भएको हो । एसियन गेम्सको तयारीमा रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निर्वाचन रोक्न पत्र पठाएपछि आफूहरूले निर्वाचन रोकेको संघका अध्यक्ष राजिवविक्रम शाहले बताए ।

गत जेठमा बसेको संघको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.