Breaking News.... EverestOnlineKhabar
June 27, 2026

मोरङको एक बिद्यालयको खानेपानी ट्याङ्कीमा बिष, १३ बिद्यार्थी बिरामी

Loading

मोरङ ।  लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको भेटिएको छ । उक्त पानी पिएर  १३ विद्यार्थी बिरामी परेका छन ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको बताइएको छ ।  बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ ।
ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरिएको थियो ।  खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.