Breaking News.... EverestOnlineKhabar
August 17, 2026

‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ पार्टीभित्रै कम्पन

Loading

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र हलचल ल्याइदिएको छ। खास गरी पूर्वमाओवादी समूह आफ्ना पूर्वसहयात्री नेता ‘प्रकाण्ड’को गिरफ्तारीले तरंगित बनेका हुन्।

उनीहरूले ‘प्रकाण्ड’लाई पक्राउ गरेकोमा सरकारको विरोध गर्दै रिहाइको माग गर्न थालेका छन्। यस्तो गर्नेमा सत्तारूढ नेकपाका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्म छन्। सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री धनिराम पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारीलाई निन्दनीय भन्दै बिनासर्त रिहा गर्न माग गरेका छन्।

उनले ‘प्रकाण्ड’लाई हत्कडी लगाइएकोमा आपत्ति जनाउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रश्नसमेत गरेका छन्। ‘बादल गृहमन्त्री! प्रकाण्डको हातमा हत्कडी?’ पौडेल आफ्नो फेसबुकमा लेख्छन्, ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला? पूर्वमन्त्री पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारी समय र सन्दर्भ सबै किसिमले निन्दनीय भएको टिप्पणी गरेका छन्। उनले ‘प्रकाण्ड’माथि लगाइएको आरोपप्रति पनि प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.