![]()
काठमाडौं ।एसिसी एसिया कप छनोटका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपूर्व सुबोध देशाई नियुक्त भएका छन्। उनलाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।
देसाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डबाट मान्यता प्राप्त लेभल सी प्रशिक्षक हुन्। गुजरातका उनी ब्याटिङ प्रशिक्षणमा दख्खल राख्छन्। उनले गजुरातबाट पहिलो श्रेणीका क्रिकेट खेलेका थिए। बिसिसीआईको एकेडेमीमा रहेर उनी उमेर समूहका टिमलाई प्रशिक्षण दिने गर्छन्। यस्तै उनीसँग आइपिएल टिमका लागि खेलाडी छनोट गरेको अनुभव पनि छ।
उनले आगामी २९ साउनदेखि नेपाली टिमलाई ब्याटिङ सिकाउने छन्। स्वदेशमा एक साता अभ्यास गरेपछि उनले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्न प्रशिक्षक जगट टमाटालाई सघाउनेछन्।


