![]()
काठमाडौं । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुबा मलेशियाबाट फर्केपछि निशानको दाहसंस्कार गरिएको हो ।
सिन्धुपाल्चोक घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका खड्का स्थानीय हाइल्यान्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए । उनको अपहरण र हत्यामा संलग्न भएका अजय तामाङ र गोपाल तामाङको सोमबार प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ । सोमबार महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको पाइलटबाबा आश्रम जाने जंगलमा गोपाल र अजयलाई गोली हानेर मारिदिएको थियो ।


