Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ओस्कारमा नयाँ बिधा : अब व्यवसायिकरुपमा सफल फिल्मले पनि अवार्ड पाउने

Loading

एजेन्सी ।चलचित्र क्षेत्रको सबैभन्दा सम्मानित पुरस्कार अर्थात अवार्ड ओस्कारमा नयाँ विधा थपिएको छ । अबदेखि वर्षभरमा सबैभन्दा सफल अर्थात दर्शकको माया पाएको चलचित्रलाई आउटस्ट्याण्डिङ्ग अचिभमेन्ट इन पपुलर फिल्म अवार्ड प्रदान गरिने भएको छ । नयाँ विधा थप्ने सम्बन्धी प्रस्तावलाई ओस्कार एकेडेमीको बोर्ड अफ गभर्नसको बैठकले अनुमोदन गरेको हो ।

अब यो विधामा समीक्षकबाट राम्रो प्रतिक्रिया नपाए पनि व्यवसायिक रुपमा सफल भएको चलचित्रले पनि ओस्कार अवार्ड पाउन सक्ने छन् । अबको समारोहका लागि ब्ल्याक प्यान्थरसहितका सुपरहिरो चलचित्र यो अवार्डका लागि सम्भावित छन् ।

नयाँ विधाले व्यवसायिक रुपमा सफल चलचित्रले पनि ओस्कार पाउने बाटो खुलेको छ । नयाँ विधाले दर्शकले रुचाएका चलचित्रलाई अस्वीकार गर्ने गरेको भन्दै ओस्कारमाथि लाग्ने गरेको आरोप पनि मत्थर हुने देखिएको छ ।

ओस्कारमा अहिले २४ विधामा अवार्ड दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.