Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चिलीका पूर्वराष्ट्रपति राष्ट्रसंघको मानव अधिकार प्रमुख नियुक्त

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले  चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेटलाई राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त गरेका छन् । दुईपटक चिलीको राष्ट्रपति भएकी ६६ वर्षीया  मिसेलले चिलीका पूर्व तानाशाह पिनोसेको शासनकालमा चरम यातना भोगेकी थिइन्  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिका कटु आलोचक जोर्डनका जाइद राद अल हुस्सेनलाई श्री ब्यासेलेटले प्रतिस्थापन गर्नेछन । निवर्तमान प्रमुख जाइद सेप्टेम्बर २०१४ देखि मानव अधिकार प्रमुखका रुपमा कार्यरत थिइन् ।

राजनीतिक वृत्तमा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा रहेकी ब्यासेलेटले सन् २०१० मा विश्वभर लैंगिक समानताको प्रबद्र्धनका क्षेत्रमा कार्य गर्ने संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको प्रथम निर्देशकका रुपमा सेवा गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.