Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । नयाँ सिजन सुरु हुने समय नजिकिएसँगे बार्सिलोनाका मुख्य स्ट्राइकरहरू लियोनल मेसी र लुइस स्वारेज प्रशिक्षणमा फर्किएका छन्। उनीहरू सोमबारको प्रशिक्षणमा मैदानमा देखिएका थिए। रसिया विश्वकपपछि मेसी र स्वारेज लामो बिदा समाप्त गर्दै क्लबमा आवद्ध भएका हुन्।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपको प्रि-क्वार्टरफाइनलमा फ्रान्ससँग ४-३ ले पराजित भएको थियो भने स्वारेजको उरुग्वे विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँगै २-० ले हारेको थियो। बार्सिलोनाले अब पूर्ण तयारी गर्न पाउने भएको छ किनकि उसका सबै स्टार क्याम्पमा लगभग फर्किसकेका छन्।

फिपिल काउन्टिन्हो, इभान राकिटिक, स्यामुएल उम्टिटी, येरी मिना तथा थोमस भर्माएला पहिलो पटक प्रशिक्षणमा देखापरेका छन्। यी सबै स्टार खेलाडी विश्वकपपछि एकै पटक बार्सिलोनासँग आवद्ध भएका हुन्। स्पेनिस लिग विजेता बार्सिलोनाले प्रशिक्षणको पहिलो दिन खेलाडीलाई हल्का अभ्यास र बढी रमाइलो गराएको थियो। बार्सिलोनाले स्पेनिस लिग जित्ने क्रममा स्वारेज र मेसीले समग्रमा गत सिजनमा ५९ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.