Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कमल थापा नेतृत्वको राप्रपा पनि सरकारबिरुद्ध सडकमा, शान्ति सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग

Loading

काठमाडौं। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको विरोधमा  काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध ¥यालीसहित प्रर्दशन गरेको हो।

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन्। महिला र बालबालिकामाथि श्रृखलावद्ध रुपमा भईरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन्। उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन्।

प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो। प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.