![]()
एजेन्सी । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई नेपाल जुडो संघले स्वागत गरेको छ। अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो।
प्रतियोगितामा नेपाल समग्रमा तेश्रो भयो। आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो भने जापान २ स्वर्ण र ३ रजतसाथ तेश्रो स्थानमा रह्यो। प्रतियोगितामा १४ राष्ट्रका १ सय पुरुष र ६९ महिला खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए।


