Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कङ्गोका पूर्वविद्रोही नेता चुनाव लड्न स्वदेश फिर्ता

Loading

बीबीसी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किएका छन् । झण्डै ११ वर्षभन्दा बढी समय विदेशमा रहेका पूर्वविद्रोही नेता जोन बेम्बा  स्वदेश फर्किएका हुन् ।

उनी स्वदेश फर्किएपछि मुलुकको राजनीतिक माहौल थप तातेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । पचपन्न वर्षीय बेम्बाको अर्का प्रभावशाली नेता जोसेफ कबिलासँग प्रतिस्पर्धा हुने देखिएको अधिकारीहरूले बताएका छन् ।

कङ्गोमा यसअघि दुई पटक तय गरेर पनि पछाडि सर्दै आएको निर्वाचन अहिले आगामी डिसेम्बर २३ तारिखका दिन गर्ने घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.