Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । बङ्लादेशको राजधानी ढाकामा हजाराैं विद्यार्थीले सडकमा विरोध प्रदर्शन गरेका छन्।  आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ।

अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन्। आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन्।

‘हामी न्याय चाहन्छौँ,’ जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य–मुख्य सडकमा प्रदर्शन गरेको सामाग्री स्थानीय टेलिभिजनहरूले देखाएका छन्।

राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा बसले ठक्कर दिएर दुई जनाको मृत्यु भएको थियो।

घटनामा परी अरू ९ जना घाइते भएका थिए। घाइते भएका सबै शहिद रामिज उद्धिन क्यान्टोनमेन्ट कलेजका विद्यार्थी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.