Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

ओठ काटिएकी
सुन्दरता बिग्रीएकी
आमा तिमी खुडी बुढी उपनामले गाउँमै चर्चित

तिमी खुडी बुढी
मलाई चोट लाग्दा मुटु दुख्छ भन्छौ
खै कहाँ छ तिम्रो दुख्ने मुटु
खुडी बुडि उपनामले बोलाउदा
सधैं मुस्कुराइ रहन्छौ ।

तिम्रो कुरुपताका कारण
सयौ पटक लज्जित भएकी छु म यो समाजमा
तिमिले दिएको शिक्षा र संस्कारका कारण
कयौ पटक सम्मनित भएकी छु यहि समाजमा ।

तिम्रै कुरुपताका कारण
मिस् नेपालको उपाधि थाप्दा
बोलाउन सकिन तिमिलाइ मञ्चसम्म
तर आमा
तिमिले दिएकै शिक्षा र संस्कारले
ल्यायो मलाइ यो मन्चसम्म ।

आमा म मिस नेपाल
अग्लि,पातलो शरीर
सल्लक परेको कपाल
चम्किलो छाला
मेरो सुन्दरता देखेर सेल्फी खिच्नेहरुको भीडले
भुसुकै बिर्सेछु तिमिलाई
मन्दिरको अघिल्तिर कचौरा बोकेर
लामबद्ध लागेकालाई देखेर पो
झल्यास्स सम्झिए तिमीलाई ।

पशुपतिनाथको मन्दिरमा
दर्शन गर्न जादा घन्टिको
टङटङ आवाजबाट
आकाशवाणी भए जस्तो लाग्यो
मन र ममताको खानी भगवानलाई
घरै छोडेर कस्को दर्शन गर्न आइस ए बालिके ?
जसको कारण आज
तेरो शीरको ताज र तेरा अघिपछि
सेल्फी खिच्नेको भीड छ ।

आमा म झल्यास भए
म मिस नेपाल
अग्लि, सलक्क परेको कपाल
पातलो शरीर
चम्किलो छाला
्तिमी काली, ओठ काटिएकी खुडी बुढी
तर,
यो समाजले लगाइदिएको
मिस नेपालको मेरो शीरको ताज
तिम्रो पाउमा राख्न आउदै छु
आमा तिमी मेरो लागि
मिस वल्र्ड हौ
आमा मिस वल्र्ड हौ ।।

–कविता शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.