Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा आर्सनलले जित हात पारेको छ । आर्सनलले चेल्सीलाई पेनान्टी सुटआउटमा ६–५ गोलले पराजित गरेको हो ।  खेलको पाचौं मिनेटमा नै चेल्सीले अग्रता बनाएको थियो । चेल्सीका लागि एन्टोनियो रुइडिगरले गोल गर्दै अग्रता दिलाएका थिए ।

एकपछि अर्को राम्रो प्रदर्शन गर्दै चेल्सीले गोल गर्ने अवसर निकालेको थियो । चेल्सीले पहिलो हाफमा आर्सनलमाथि १–० गोलको अग्रता कायम गरेको थियो । तर दोस्रो हाफको अन्तिम समयमा चेल्सी चुक्दा आर्सनलले जित हात पारेको हो ।

खेलको ९०औं मिनेटमा आर्सनलका लागि एलेक्सन्ड्रे लेकाजेटीले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा आर्सनलले चेल्सीलाई ६–५ गोलले पराजित गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed