Breaking News.... EverestOnlineKhabar
October 2, 2026

कञ्चनपुरमा १३ बर्षीया बालिकाको हत्या आरोपमा २ जना पक्राउ

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा दुईजना पक्राउ परेको बताएका छन् । बिहीबारको संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कैलालीको महोन्यालका २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षीय दिपक नेगी पक्राउ परेको जानकारी दिएका हुन ।

गत साउन १० गते कञ्चनपुरको भीमदत्तर पालिका २ की निर्मला पन्त साथीको घरमा होमवर्क गर्ने भन्दै गएकी थिइन । साँझसम्म घर नआएपछि ११ गते निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा निर्मलाको शव फेला परेको थियो । गृहमन्त्री थापाले घटनाले आफुलाई स्तब्ध पारेको बताउँदै घटनाको सिआइबीले छानविन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed