Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सरकारबिरुद्ध राप्रपा (प्रजातान्त्रिक) को प्रदर्शन

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिक सडक आन्दोलनमा आएको हो ।

पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । राप्रपा प्रजातान्त्रिकले विजुलीबजारदेखि माइतीघरसम्म र्‍यालीसमेत निकालेको थियो ।

र्‍यालीमा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed