![]()
एजेन्सी । सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन प्रस्तुत गरेको छ । जे एट सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ ।
जे एटमा अत्यधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे एट स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्दछ । त्यसैले गर्दा जे एटबाट खिचिएको तस्बिर दक्ष व्यक्तिले खिचेको जस्तै देखिने कम्पनीले जनाएको छ ।
लाइभ फोकस फिचरले गर्दा प्रयोगकर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । व्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसकेपछि पनि ब्लर बनाउन सकिन्छ ।
ग्यालेक्सी जे एटको नेपाली मूल्य ३३ हजार ४९० तोकिएको छ ।


