Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपालले बुधवार नेदरल्याण्डसंग ऐतिहासिक ‘वान डे’ खेल्दै

Loading

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि नेपालले पहिलो पटक आइसीसीको मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। नेपालको लागि धेरै अर्थमा यो ऐतिहासिक हुनेछ। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले आगामी चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो।

त्यसको साढे दुई महिनापछि नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने अवसर पाएको हो। अब नेपाल त्यसको नजिकै पुगेको छ।

उता सन् २०१४ मा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ भएपछि एकदिवसीय मान्यता गुमाएको नेदरल्याण्ड्सले २०१५-१७ को विश्व क्रिकेट लिग चेयाम्पियनसीपको उपाधि जित्दै पुन: एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

सन् २०१४ जनवरी २८ मा क्यानडासँग खेलेपछि नेदरल्याण्ड्सका लागि पनि यो पहिलो एकदिवसीय खेल हुनेछ। नेदरल्याण्ड्सले साढे ४ वर्षपछि नेपाल विरुद्धको खेलमार्फत् नै एकदिवसीय अन्तर्राष्ट्रियमा पुनरागमन गर्दैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.