![]()
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।
सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रिएको हो ।
काठमाडौं लगायत देशभर गरिएको प्रदर्शनमा कांग्रेसका शीर्षसहित दोस्रो तहका नेताहरुले सम्बोधन गरेका थिए । बिभिन्न स्थानबाट जुलुससहित निस्किएको ¥याली कोणसभामा रुपान्तरण भएको थियो ।
बिभिन्न जिल्लामा आयोजित बिरोधसभामा सहभागी हुन केन्द्रबाट नेताहरु खटिएका थिए । काठमाडौं, बिराटनगर, पोखरा, रुपन्देही, नेपालगंज तथा धनगढीमा सरकारबिरुद्ध ठूलो जुलुस निस्किएको थियो । यसबाहेक सुर्खेत, गोरखा, नवलपरासी, बर्दियालगायत केन्द्रीय नेताहरुको पहुँच भएका जिल्लामा समेत प्रदर्शन भएको थियो ।
कांग्रेस नेताहरुले यो बिरोध सांकेतिक भएको जनाउँदै अधिनायकवादको शैली नछाडे आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी दिएका छन ।


