![]()
काठमाडौं। नेकपामा सांसदहरुले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरेका छन्। नेकपाका तर्फबाट सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संशोधन दर्ता गराएका हुन्।
यसबाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन्। कांग्रेस सांसद गगन थापाले पनि संशोधन दर्ता गरेका छन्। कांग्रेसकै भरत गौतम र सञय कुमार गौतमले पनि संशोधन दर्ता गराएका छन्।
त्यस्तै, राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मीकुमारी चौधरी र आशाकुमारी विकले पनि संशोधन विधेयक दर्ता गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन दर्ता गराएका छन्।
गत असार १६ देखि साउन १० सम्म अनसन बसेका डा केसीसँग विभिन्न विषयमा ९ बुँदे सहमति भएका थिए।


