![]()
एजेन्सी । इंग्ल्यान्डका टेनिस खेलाडी एन्डी मुर्रे वासिंटन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मुर्रेले अमेरिकी म्याकेन्जी म्याकडोनाल्डलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन् ।
वासिंटनमा भएको खेलमा मुर्रेले पहिलो सेट भने म्याकडोनाल्डलाई ६–३ ले सुम्पेको थियो । तर मुर्रेले दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । मुर्रेले दोस्रो सेट ६–४ र तेस्रो सेट ७–५ ले जितेका थिए ।
म्याकडोनाल्डलाई पराजित गर्ने क्रममा मुर्रेले साढे २ घण्टा कोर्टमा विताएका थिए । पूर्व विश्व नम्बर एक खेलाडी मुर्रेले अब दोस्रो चरणमा इंग्ल्यान्डकै केल एड्मण्डसँग प्रतिस्पर्धा गर्दै छन् ।


