![]()
एजेन्सी । फोन सम्बन्धी जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले एप्पलको नयाँ आइफोनको डमी मोडल सर्वाजनिक गरेका छन् । गेस्किनका अनुसार एप्पलको नयाँ आइफोन ६.१ वा ६.५ इन्चको स्क्रिन भएको हुनेछ । एप्पलले यो वर्ष दुई मोडलका आइफोन सार्वजनिक गर्ने र उसले कम मूल्य तिर्ने र बढी मूल्य तिर्न सक्ने प्रयोगकर्तालाई समेट्ने तयारी गरेको छ।
गेस्किनले सार्वजनिक गरेको मोडलमा केही पनि त्यस्तो छैन, जो अचम्मित पार्ने होस् । ६.१ को फोन (जुन एप्पलको सन् २०१८ को बजेट फोन हुने चर्चा छ) को रंग कालो छ । यसको स्क्रिन नोट्चड् छ र एउटा मात्रै रेअर क्यामरा छ । तर सेतो रंगको ६.५ इन्च फोनमा दुईवटा रेअर क्यामरा छ ।
एप्पलले यो वर्ष अर्को फोन पनि ल्याउने तयारी गरेको बताइएको छ । त्यो फोन ५.८ इन्चको हुनेछ । तर त्यसको डमी मोडल भने गेस्किनले देखाएका छैनन् । आइफोन एक्सको स्क्रिन पनि ५.८ इन्चकै छ ।
यो डमी मोडलमा खासमा केही हुँदैन, यो मात्रै प्लाष्टिकको फोन हो । तर यसले एप्पलको आउँदो आइफोनका बारेमा केही कौतुहलता भने पक्कै कम गरेको छ ।


