![]()
काठमाडौँ । नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान उद्घाटन गरेको समिटमा नेपाल र भारतका विज्ञको सहभागिता रहेको छ ।
समिटमा नेपाल–भारतबिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउने, त्यसमा देखिएका समस्या र चुनौतीबारे बहस हुनेछ । असिएन इन्स्टिच्यु अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफियर र नेहरु मेमोरियल मियुजियम लाइब्रेरीको संयुक्तले आयोजना गरेका समिटमा पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भएका समझदारी कार्यान्वयन बारे पनि छलफल हुने नेपाली विज्ञले बताएका छन् ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिप सिंह पुरीले नेपाल र भारतबिचको सम्बन्धमा सुधार ल्याउन दुवै मुलुकका पछिल्ला उच्चस्तरीय राजनीतिक भ्रमणले सहयोग गरेको बताए ।


