![]()
एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब युभेन्टसका साथी खेलाडीसँग भेटघाट गरेका छन् । केही हप्ताअघि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन च्याम्पियन युभेन्टस गएका रोनाल्डोल प्रि–सिजन ट्रेनिङ्ग सुरु गरेका छन् ।
युभेन्टसले रोनाल्डोलाई ११२ मिलियन युरोमा भित्र्याएको हो । ३३ वर्षका रोनाल्डो पहिलो पटक युभेन्टसको प्रशिक्षण ग्राउण्डमा पुगेका हुन् । सिरी ए को नयाँ सिजनको तयारीमा रहेका रोनाल्डोको आवश्यक परीक्षण पनि भएका छन् ।
अक्सिजन माक्समा देखिएका रोनाल्डोलाई युभेन्टसको मेडिकल टिमले परीक्षण गरिरहेको देखिएको छ । प्रशिक्षण ग्राउण्डमा रोनाल्डोसँगै विश्वकप फुटबलमा सहभागी भएका खेलाडीहरु पनि थिए । रोनाल्डोलाई अर्जेन्टिनाका पाउलो डिबाला र गोन्जालो हेगुइनले स्वागत गरे । यस्तै ब्राजिलका डुग्लस कोस्टा पनि रोनाल्डोको साथमा देखिएका थिए ।


