Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेसले ७७ वटै जिल्लामा ‘स्वतन्त्रता सेनानी सम्मान’ गर्ने

Loading

काठमाडौं। नेपाली कांग्रेसले २००३ देखि २०४७ को अवधिमा कांग्रेसमा आवद्ध भएर पार्टीमा योगदान गरेकाहरुलाई ‘स्वतन्त्रता सेनानी सम्मान’ गर्ने भएको छ। ७७ वटै जिल्लामा रहेका कांग्रेसमा विचारप्रति समर्पित र योगदान गरेका प्रौढहरुलाई सम्मान गर्न लागिएको हो।

सम्मान कार्यक्रम प्युठान जिल्लाबाट सुरु गरिएको छ। कार्यक्रम सबै जिल्लामा छिटो सक्ने गरी अभियान सुरु गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी गराए। बीपी कालिन कांग्रेस धारिलो र बलियो भएको बताउँदै पौडेलले भने ‘त्यस समयमा कांग्रेस बलियो बनाउन लागेकालाई सम्मान गर्ने अभियान हो।’

पार्टीबाट जिल्लाहरुमा समन्वय गर्नका लागि पौडेल खटिएका छन्।

पार्टीले २०४७ अघि कांग्रेसमा रहेर योगदान गरेका व्यक्तिहरुलाई नसम्झेका कारणले सम्मानको अभियान सञ्चालन गरिएको पौडेलले जानकारी गराए। पञ्चायतकालिन समयमा जेल बसेका,स्थानीय तहमा संगठन निर्माण गरेका कतिपय व्यक्तिहरुको अभिलेख पनि नभएकोले योगदान गर्नेहरुलाई पार्टीले सम्झने प्रयास गरेको उनले बताए। तत्कालिन सरकारका कारणले निर्वासनमा जानु परेका तथा सशस्त्र क्रान्तिमा लागेका कतिपय व्यक्तिहरुको तथ्यांक नभएको उनले जानकारी गराए।

सम्मानका लागि निश्चित मापदण्ड बनाइएको छ। २००३ देखि २०४७ सम्म पार्टीमा लागेर काम गर्न सक्ने अवस्था प्रतिकूल थियो। प्रतिकूल समयमा कांग्रेसका लागि योगदान गरेका हरुलाई सम्मान गर्न लागिएको छ। कठिन कालखण्डमा जेल, निर्वासन बसेका व्यक्ति, सशस्त्र क्रान्तिमा सहभागी भएकाहरुलाई सम्मान गर्न लागिएको हो। त्यसै कार्य खण्डमा जिल्ला कार्यसमिति तथा भातृ संगठनको नेतृत्वमा रहेकाहरुलाई पनि सम्मान गरिने बताइएको छ। प्राप्त उपलब्धीहरु विगतको आधारमा तयार भएकोले उनीहरुलाई सम्मान गर्न लागिएको पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.