Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी सोमबार स्वदेश फर्कनु भएको छ ।

निर्वाचन पर्यवेक्षणका क्रममा उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गर्नुभएको थियो ।  त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत जानु भएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल ‘सेन्ट्रिस्ट एशिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेशनल’ को उपाध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.