Breaking News.... EverestOnlineKhabar
May 11, 2026

भारतको राँचीमा एकै परिवारका ७ जनाद्वारा आत्महत्या, गाउँ शोकमा

Loading

बीबीसी । भारतको झारखण्ड स्थित राँचीमा एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन्। उनीहरुले एकैसाथ आत्महत्या गरेका हुन। घटनाले राँचीको अरसंडे शोकमा डुबेको छ। आत्महत्या गर्नेमा एक वर्षभन्दा केहि वढी उमेर भएका एक नाबालक र ४/५ वर्षीय बालिका समेत रहेका छन्।

एक जनाको शव झुन्डिएको अवस्थामा भेटिएको र बाँकीको शव विस्तारामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। प्रारम्भिक जानकारी अनुसार उक्त परिवार ठुलो ऋणमा रहेका कारण आत्महत्या गरेको हुृनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले बताएको छ।

यसअघि भारतकै झारखण्डको हजारीबागमा ऋण तिर्न नसकी एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.