Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बिश्वकपमा नाटकीय व्यवहार देखाएको नेयरमारको स्विकारोक्ति

Loading

एजेन्सी । ब्राजिल तथा पेरिस सेन्ट जर्मेनका स्टार नेयरमाले विश्वकपमा आफूले फलका दौरान नाटकीय व्यवहार देखाएको स्वीकार गरेका छन् । यद्यपि, यसबाट पाठ सिक्दै आफू नयाँ व्यक्ति बनेको पनि उनले दाबी गरेका छन् ।

रुसमा आयोजित सन् २०१८ को विश्वकपमा ब्राजिलबाट धेरैले ठूलो अपेक्षा गरेका थिए । तर, दक्षिण अमेरिकी टोली बेल्जियमसँग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यस क्रममा नेयमार निरन्तर आलोचनाको केन्द्र बनेका थिए, विशेष गरेर मैदानमा उनले देखाएको नाटकीय प्रस्तुतिका कारण ।

त्यसैले विश्वकपमा दुई गोल गरे पनि विश्वकै महङ्गो फुटबल खेलाडी रहेका २६ वर्षीय खेलाडी फिफा बेस्ट अवार्डको सर्टलिस्टमा समेत पर्न सकेनन् । अहिले आएर नेयमारले जिलेट ब्राण्डको विज्ञापनमार्फत् आलोचना स्वीकार गर्दै पुनरागमन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भनेका छन –

‘तपाईंहरुलाई लाग्ला म बढी नै प्रतिक्रिया जनाउँछु, र कहिलेकाहीँ म गर्छु पनि । तर, सत्यता भनेको म मैदानमा पीडित हुन्छु । मैले कस्तो अनुभव गर्छु तपाईंलाई अन्दाजा पनि छैन ।’

‘जब म प्रेससँग कुरा नगरी हिँड्छु, म केवल जित्न चाहन्छु भन्ने होइन, यो किनभने मैले अहिलेसम्म तपाईंहरुलाई निराश पार्न सिकेको छैन ।’

‘म कहिलेकाहीँ अशिष्ट देखिन्छु । तर, यो म बिग्रेको केटो भएर होइन । यो किनभने मैलै आफ्नो निराशासँग जुझ्न जानेको छैन ।’

‘मभित्र अझै एउटा बालक छ । कहिलेकाहीँ म विश्वलाई मन्त्रमुग्ध बनाउँछु । अन्य बेला सबैलाई चिढाउँछु । म यो केटोलाई जीवित राख्न संघर्षरत छु । मभित्र नै, मैदान होइन ।’

‘तपाईंहरुलाई लाग्ला म धेरै गिरी सकेँ । तर, वास्तविकता भनेको म लडेको छैन । म टुटेको छु । यो कसैले तपाईंको अपरेसन गरेको घुँडामा टेकेको भन्दा पीडादायी हुन्छ ।’

‘तपाईंको आलोचना मैले ढिला गरी स्वीकार गरेँ । मैले आफूलाई ऐनामा हेरेर नयाँ व्यक्ति बन्न समय लिएँ । तर, आज म यहाँ छु, खुला दिल लिएर ।’

‘म लडेँ तर लड्ने मान्छे मात्र उठ्न सक्छ । तपाईंहरुले ममाथि ढुंगा हानी राख्नसक्नुहुन्छ या त्यसलाई पर राखेर मलाई उठाउन मद्दत गर्न सक्नुहुन्छ । किनभने जब म उठ्छु, मसँगै पूरा देश उठ्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.