Breaking News.... EverestOnlineKhabar
May 11, 2026

६४ वर्षदेखि बेपत्ता फ्रान्सेली खेलाडीको शव पहिचान

Loading

बीबीसी । प्रहरीले सामाजिक सञ्जालमार्फत सोधपुछ थालेपछि ६० वर्षभन्दा बढी समयदेखि इटलीको एल्पस् पर्वतीय क्षेत्रमा हराइरहेका एक स्की खेलाडीको शवको पहिचान भएको छ। इटलीको प्रहरीका अनुसार सन् २००५ मा एओस्टा क्षेत्रमा पर्ने एल्पस् पर्वत क्षेत्रको अग्लो स्थानमा मानिसको शवको अवशेष स्की खेल्ने उपकरण र चस्मा फेला परेको थियो।

उनीहरूले शवको पहिचान गर्न नसकेपछि गत महिना आफूलाई प्राप्त जानकारी तथा प्रमाणहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिएका थिए। एक फ्रान्सेली परिवार त्यो चस्मा हेन्री ल मास्नेले लगाएको चस्मासँग मिलेको प्रहरीलाई बताएपछि शवको फोरेन्सिक परीक्षण थालियो।

चस्मा र उपकरण स्विट्जरल्याण्डको सीमा नजिकै पर्ने एल्पस् पर्वतमा ३००० मिटरको उचाइमा फेला पारिएको थियो। प्रहरीले शव करिब ३० वर्ष उमेरका युवकको भएको र उनको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकाल्यो। त्यसबारे फ्रान्सका सञ्चारमाध्यमले प्रसारण गरेको समाचार सुनेपछि एम्मा नासेमले त्यो शव आफ्नो हराइरहेका काका, ल मास्नेको हुन सक्ने अनुमान गरिन्। उनी सन् १९९५ मा आँधी आएको बेला माटेरहोर्न क्षेत्रमा स्की खेल्ने क्रममा बेपत्ता हुन पुगेका थिए।

ल मास्नेका ९४ वर्षका भाइ रोजरले पनि इमेलमार्फत आफ्ना दाजुको हुलिया बताए। उनले इमेलमा लेखका छन् “म हेन्री ल मास्नेको भाइ हुँ…उनी ६४ वर्षअघिदेखि हराइरहेका स्की खेलाडी हुन सक्छन्। उनी अविवाहित र स्वतन्त्र खालका थिए। उनी प्यारिसमा अर्थ मन्त्रालयमा काम गर्दथे।”

प्रहरीका अनुसार परिवारजनले पठाएको तस्वीरमा देखिएको चस्मा र एल्पसमा भेटिएको चस्मा मेल खायो।डीएनए अर्थात् आनुवंशिक परीक्षणबाट त्यो शवको अवशेष ल मास्नेको भएको प्रमाणित भएको इटालीको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.