Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इन्डोनेशिया : भूकम्पपछि पर्यटकहरू सहयोगको प्रतीक्षामा

Loading

बीबीसी । शक्तिशाली भूकम्प गएको इन्डोनेशियाको लोम्बोक टापुको पहाडी क्षेत्रमा सयौँ पदयात्रीहरू उद्धारको प्रतीक्षामा रहेका विवरणहरू सार्वजनिक भएका छन्। पदयात्रीहरू फर्किने पदयात्रा मार्गहरू पहिरोका कारण अवरुद्ध भएकाले पदयात्रामा गएका पर्यटकहरू लोम्बोक टापुको रिन्जानी पर्वतबाट तल झर्न नसकेको बताइएको छ।

आइतवार विहान ६.४ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा १६ जनाको ज्यान गएको थियो भने कैयौँ भवन तथा संरचनाहरू भत्किएका थिए।

भूकम्पपछि कैयौँ मानिस घाइते भएका थिए। पीडितहरूको उद्धार गर्ने प्रयासमा अहिले सयौँ उद्धारकर्ताहरू खटिएको बताइएको छ। उद्धार कार्य जारी रहँदा सोमवार इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.