Breaking News.... EverestOnlineKhabar
May 11, 2026

दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव  दर्ता

Loading

काठमाडौं।  नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव  दर्ता गराएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको  प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।

प्रतावमा  प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उल्लंघन गरेको उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.