![]()
एजेन्सी ।अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत इंग्लिस क्लब चेल्सीले इटालियन क्लब इन्टर मिलानलाई टाइब्रेकरमा हराएको छ । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निसमा भएको खेलमा पेड्रोको गोलबाट चेल्सीले सुरुवाति अग्रता लियो । उनले आठौँ मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । अल्भारो मोराटाको प्रहार गोलमा परिणत हुन सकेन ।
पहिलो हाफमा १–० ले पछि परेको इन्टर मिलानले दोस्रो हाफमा गोल फर्कायो । उसका लागि ४९ औँ मिनेटमा रोबर्टो गाग्लिएर्दिनीले गोल गरे र खेल पेनाल्टीमा धकेलियो । पेनाल्टीमा सुरुका तीन प्रहारमा दुवै तर्फबाट गोल भयो ।
इन्टर मिलानका मिलान स्क्रिनिएरले गोल गर्न सकेनन् । चेल्सीका लागि पेनाल्टीमा सेसार एज्पिलिकुएताले विजयी गोल गरे ।


