![]()
काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् । आइतबारको संसद बैठकमा नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुन तस्करीको चर्चा अत्यधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।


