Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पूर्व प्रधानमन्त्री खनाललाई स्वास्थ्य लाभको कामना गर्नेको सामाजिक संजालमा ओइरो

Loading

काठमाडौ । एकैपटक दुईवटा अप्रेशन गरेर स्वास्थ्य लाभ गरिरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालको बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुक तथा सर्वसाधारणले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

चीनमा प्यारा थाइराइड र मृगौलाको पत्थरीको शल्यक्रिया सफल भएपछि समाजिक संजालमा उहाँको स्वास्थ्यप्रति धेरैले चासो देखाउँदै स्वास्थ्य लाभको कामना गरेका हुन । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले खनालको स्वास्थ्यप्रति चासो नदिएपनि दोस्रो तहका नेताहरुले महत्वकासाथ खनालको फोटोसहितको सन्देश शेयर गरेका थिए ।

नेपाली कांग्रेसका बिभिन्न नेताहरुले पनि खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । देशभरका नेकपा कार्यकर्ता र सर्वसाधारणले पनि समाजिक संजालमार्फत खनालको स्वास्थ्य लाभको कामना गरेका छन ।

खनालको चीनको सिचुवानमा रहेको इन्टरनेसनल अस्पतालमा शुक्रबार प्यारा थाइराइड र मृगौलाको पत्थरीको शल्यक्रिया भएको हो । खनालको शुक्रबार डा. लि नेतृत्वको टोलीले प्यारा थाइराइडको र डा वाङ नेतृत्वको टोलीले मृगौलाको सफल शल्यक्रिया गरेका हुन । शल्यक्रियापछि खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेता खनाल प्यारा थाइराइड र पत्थरीको समस्याबाट लामो समयदेखि पीडित थिए । शल्यक्रिया गर्नको लागि खनाल गएको साउन ६ गते चीन गएका थिए । खनाल तन्दुरुस्त भएपछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.