Breaking News.... EverestOnlineKhabar
May 11, 2026

गोल्ड कोस्ट तेक्वान्दो च्याम्पियनसिपमा ३ नेपाली बिजयी

Loading

एजेन्सी । अष्ट्रेलियामा आयोजित गोल्ड कोस्ट खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले समेत जित हात पारेका छन् । अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा शनिबार आयोजना गरिएको खेलमा नेपालसँगै चीन, कोरिया, न्युजिल्यान्ड, डेनमार्क लगायत १६ वटा विभिन्न देशका खेलाडीहरुको प्रतिनिधित्व रहेको थियो ।

नेपालको तर्फबाट रञ्जन श्रेष्ठले फाइटमा सिल्वर मेडल र ब्रेकिङमा गोल्ड मेडल हात पारे । त्यस्तै अर्का खेलाडी रेजिना कार्कीले स्पाइरिङमा ब्राउन मेडल, अनिस महर्जनले फाइटिङमा सिल्वर मेडल र ब्रेकिङमा ब्राउन मेडल जित्दै बिजयी भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.