![]()
एजेन्सी । आर्सनलका मिडफिल्डर मेसुट ओजिलले क्लब समर्थकलाई आफूप्रति देखाएको माया र सम्मानका लागि धन्यवाद दिएका छन्। जर्मनीका ओजिलले आफूलाई रंगभेदी व्यवहारबाट अपमानित गरिएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। साथै ओजिलले आफूमाथि लामो समय देखि दूव्र्यवहार हुँदा पनि जर्मन फुटबल संघ(डिएफबी) का प्रमूखले साथ नदिएको आरोप लगाएका थिए।
सिजनपूर्वको अभ्यासका लागि सिंगापुर भ्रमणमा रहेको आर्सनलले शुक्रबार एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिँदा ओजिल बेन्चमै भए पनि मैदानमा रहेको डिस्प्लेमा उनको तस्बिर देखाउदा दर्शकहरुले उनको समर्थनमा चर्को नारा लगाएका थिए।
‘सिंगापुरमा समर्थकले मप्रति देखाएको सम्मानका लागि धन्यवाद दिन चाहन्छु,’ २९ वर्षे ओजिलले दर्र्शकदिर्घातिर फर्किएर हात हल्लाउदै गरेको आफ्नो तस्बिर ट्विट गरेका छन्।


