Breaking News.... EverestOnlineKhabar
October 1, 2026

सरकारबिरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउँदैछौं : निधि

Loading

काठमाडौं।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने पनि स्पष्ट पारेका छन् ।

नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किएका निधीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बिहिबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरे ।

उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए ।

निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको  ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed