![]()
काठमाडौँ । कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन्।बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली छात्राको यौन शोषण हुने गरेको र त्यहाँका कलेजको पढाइ पनि राम्रो नहुने अभिव्यक्ति दिएर विवादित भएका तामाङले राजीनामा दिएका हुन्।
सोमबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले कानुन तामाङको अभिव्यक्तिमा गम्भीर आपत्ति भइरहेको भन्दै आफ्नो अप्रसन्नता व्यक्त गरेका थिए र बचाउ गर्न नसक्ने पनि संकेत गरेका थिए। ओलीको यो संकेतपछि तामाङले राजीनामा दिएका हुन्।
तामाङ नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन्। उनैको कोटामा तामाङ मन्त्री भएका थिए। मन्त्री तामाङ र व्यवसायी दुर्गा प्रसाईले सामान खालको धारणा व्यक्त गरेका थिए, यसले गर्दा थप विवाद भएको थियो।
प्रसाईले सोमबार आफ्नो सफाइ पेश गर्नका लागि पत्रकार सम्मेलन गरेका थिए। त्यसमा उनले बोली फेर्दै आफ्नो भनाई अतिरञ्जित गरिएको दाबी गरेका थिए।


