![]()
एजेन्सी । ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित हात पारेको छ । ईङ्ल्याण्डकै पुरानो ह्यााम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराउदै नेपालले ईङल्याण्ड भ्रमणको सुखद सुरुवात गरेको हो ।
३ सय ६३ लक्ष्यको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको होग्स ३७ दशमलब १ ओभरमा १ सय १९ रनमा समेटियो । ललितनारायण राजबंशीले आफ्नो स्पेलमा ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट चट्काएपछि होग्सको इनिङ्स संकटमा परेको हो । सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २/२ तथा करण केसीले एक विकेट लिए ।
हेरी फिसरले बनाएको ३३ रन ईङ्लीस क्लबका लागि सर्वाधिक स्कोर बन्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको बिष्फोटक ब्याटिङ मद्दतमा सबै विकेट गुमाएर ३ सय ६२ रनको उच्च योगफल तयार पारेको थियो । १ सय ६ बलको सामना गरेका उनले १९ चौका र ७ छक्काको मद्दतमा १ सय ६१ रन बनाए । रोहितकुमार पौडेलले ४४ र दिपेन्द्र सिंह ऐरीले ३७ रन जोडे ।
मध्यक्रमका व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपनि ईङल्याण्ड भ्रमणमा ओपनिङ लाईनअपको समस्या भने कायम रह्यो । ज्ञानेन्द्र मल्ल ५ र सुबास खकुरेल ११ रनमा आउट हुँदा नेपालको स्कोर २० रनमात्र थियो । पारस म्यान अफ दि म्याच घोषित भए ।


